मेरिङ्देनले ल्यायो ४१ करोड बढीको बजेट, ‘हामी सानै छौं बढ्न देउ,बिबाह होइन,पढ्न देउ’अभियान देखि जिल्लाकै पहिलो छुवाछुतमुक्त स्थानीय तह बनाउने घोषणा,नवीन कार्यक्रम थपिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,९ असार । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आर्थिक बर्ष २०७८।०७९ का लागि कूल ४१ करोड १६ लाख ४९ हजार रुपैंयाको बजेट ल्याएको छ । जसमा चालुतर्फ २७ करोड ५८ लाख २३ हजार रुपंैंया र पुँजीगततर्फ १३ करोड ५८ लाख २९ हजार रुपैंया बिनियोजन भएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेद्धारा प्रस्तुत बजेट अनुसार पालिका भरीका ६ वटा वडालाइ प्रत्येकका लागि ६ लाख रुपैंंयाका दरले चालू खर्च बिनियोजन भएको छ । पुँजीगततर्फ प्रत्येक वडालाइ न्यूनतम् ६० लाख र बाँकी सुत्रमा आधारित गरेर ४ करोड ३१ हजार रुपैंया बिनियोजन भएको छ । गाउँपालिकाको बुधवार सम्पन्न पाँचौं गाउँसभा तथा बजेट अधिबेशनमा प्रस्तुत बिबरण अनुसार चालू आर्थिक बर्ष २०७७।०७८ को ८ असार सम्मको चालू खर्च ६१.९४ प्रतिशत रहेको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार चालू आवका लाग चालूतर्फ २६ करोड ३१ लाख ७७ हजार रुपैंया बजेट बिनियोजन भएको थियो । यस्तै पुँजीगततर्फ ५०.८० प्रतिशत खर्च भएको छ । चालू आवका लागि पुँजीगत खर्च १५ करोड ३१ लाख ७२ हजार रुपैंया रहेको थियो ।
मेरिङ्देनले ल्यायो नवीन कार्यक्रम
मेरिङदेन गाउँपालिकाले आगामी आवका लागि ‘मेरिङदेनका पहिचान,समृद्धिको अभियान’कार्यक्रम अघि सारेको छ । पालिका अध्यक्ष गणेशबहादुर लिम्बूद्धारा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार सबै बिचारधाराबाट निर्वाचित जनप्रतिनिधि र पालिकाका अगुवाको सल्लाहका आधारमा समृद्धिको आधार तय गरिएको हो । गाउँपालिकाले सबै वडालाइ सडक सञ्जालमा जोडी बाह्रै महिना यातायातको पहुँच पु¥याउने नीति लिएको छ । पालिकाले १० लाख भन्दा माथिका सम्पूर्ण पूर्वाधार निर्माण अनिवार्य इबिडिङ दरभाउपत्रका आधारमा र ५ लाख वा सो भन्दा माथिका कार्यक्रम दरभाउ÷बोलपत्रमार्फत सञ्चालन गर्ने नीति लिएको जनाएको छ । अब पालिकाले गोलिया काठका ढुवानीको क्रममा सिफारिस दस्तुरका अलवा मर्मत सम्भार खर्च बापत प्रति रुखको १ सय रुपैंयाका दरले रकम उठाइ सडक मर्मत सम्भारमा खर्च गर्ने भएको छ । घरमा बच्चा जन्माउने कार्यलाइ निरुत्साहित गर्न पालिकाले जिरो होम डेलीभरी क्याम्पिङ कार्यक्रम चलाउने भएको छ । गर्भवती तथा सुनौला हजार दिनका आमाका लागि न्यूनतम् पोषणभत्ता उपलब्ध गराउने घोषणा गाउँपालिकाले गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चार,खाजा र यातायात खर्च बापत मासिक ५ सय रुपैंया प्रोत्साहन भत्ता उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ । क्यान्सर रोग,मुटु रोग र मृगौलाको शल्यकृया वा उपचारका लागि अधिकतम् २० हजार रुपैंया सम्म उपलब्ध गराउने विगतको नीतिलाइ गाउँपालिकाले यसपटक पनि निरन्तरता दिएको छ । पालिकाले पालिका केन्द्रमा सञ्चालित अस्थायी कोभिड अस्पताललाइ निरन्तरता दिनका अलवा कोभिड–१९ को महामारीबाट बच्न र बचाउनका लागि २५ लाख रुपैंयाका कोभिड कोष खडा गर्ने घोषणा गरेको छ । पालिकाले प्रत्येक वडामा निःशुल्क रुपमा बितरण योग्य आयुबेर्दिक औषधिलाइ बितरण गर्ने आर्युबेद चिकित्सा प्रणालीको प्रचार र उपयोगितामा अधिकतम् ध्यान दिने भनेको छ । पालिकाले १० बर्षे(२०७८÷०७९÷०८८÷०८९ सम्म) गाउँ शिक्षा योजना बनाउने भनेको छ । १६ भन्दा मुनिका असाहाय र अभिभावक गुमाएका बालबालिकाहरुलाइ बिद्यालयका पहुँचमा पु¥याइ भर्नादर सत प्रतिशत बनाउन बिशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने र यस्ता बालबालिकालाइ प्रतिव्यक्ति मासिक ५ सय रुपैंया दिने गाउँपालिकाले घोषणा गरेको छ । पालिकाले संघीय सरकारबमाट बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र बिद्यालय कर्मचारीको तलवमा स्थानीय तहले व्यर्होनुपर्ने व्ययभार जिम्मेवारी थप गरे बमोजिम व्यर्होने निर्णय लिएको छ । स्थानीय मातृभाषाको पठनपाठनमा बिशेष कार्यक्रम अघि सार्ने नीति लिएको पालिकाले स्थानीय भाषा स्वयंसेवकको जीवन निर्वाह खर्चमा मासिक ३ हजार रुपैंया थप गरिदिने घोषणा गरेको छ । पालिकाले मेरिङ्देनका युवालाइ ‘खेलकुदका लागि र राष्ट्रका लागि’ भन्ने नारा दिएर प्रत्येक वडामा युवा उद्यम र खेलकुद सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने भनेको छ । पालिकालाइ तरकारीमा आत्मनिर्भर बनाउा कृषकलाइ पकेट विकास कार्यक्रम र निःशुल्क बीउ बिजन कार्यक्रमबाट समाहित गराउने पालिकाको नीति रहेको छ । व्यवसायिक फलफुल,बोटबिरुवा र जडिबुटीको प्रवद्र्धनका लागि पालिकाले स्थापित नर्सरीलाइ निरन्तरता र थपका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । पालिकामा दर्ता भएका सबै सहकारी संस्थालाइ नियमन गर्न छुट्टै संयन्त्रको विकास गर्ने नीति लिएको पालिकाले दुग्धजन्य तथा मासुजन्य पशुहरुको नस्ल सुधार,गोठ सुधार र व्यवसायिक फर्म स्थापना गर्ने नीतिमा उल्लेख गरिएको छ । पालिकाले मेरिङ्देन झरनाको सीमाना ताप्लेजुङको मैवाखोला गाउँपालिकासंगको समन्वयमा टुङ्ग्याउने भनेको छ । मयुर संरक्षण कार्यक्रमललाइ निरन्तरता दिएको पालिकाले अन्य सम्भाव्य पर्यटकयि स्थलहरुको सम्भाव्यता अध्ययन गर्ने भनेको छ । पालिकाले वडा नं ३ र ६ का बिपन्न महिलाको जीवन यापनमा सहजता थपिदिन उपाध्यक्ष जस्तापाता कार्यक्रम अघि सार्ने घोषणा गरेको छ । मेरिङ्देनले जातिय भेदभाव तथा छुवाछुत मुक्त जिल्लाकै पहिलो ढ स्थानीय तह बन्ने नीति लिएको छ । बाल बिबाह बिरुद्ध उसले हामी सानै छौं बढ्न देउ,बिबाह होइन,पढ्न देउ भन्ने कार्यक्रम अघि सारेको छ । प्रशासन र राजनीतिलाइ एक सिक्काका दुई पाटाको रुपमा लिएर अघि बढ्ने पालिकाले घोषणा गरेको छ । ‘कर तिर्ने बानी,गाउँपालिकाको विकासमा लगानी’ भन्ने नारा समेत पालिकाले अघि सारेको छ । आगलागीले ध्वस्त दोभान बजारलाइ नयाँ नमूना दोभान बजार नामक अभियानमार्फत पुर्ननिर्माणमा सहयोग गर्ने नीति पालिकाको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts