जनप्रतिनिधिकै अगुवाइमा आठराइ त्रिबेणीका कर्मचारी माथि हातपात र दुरव्यहार भएको कर्मचारीको दावी,घटनामा संलग्न माथि तत्काल कारवाही गर्न माग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ७ । निर्माणाधिन पूर्वाधारको अनुगमन तथा गुणस्तरका बारेमा उपभोक्ता समितिलाइ सुझाव निर्देशन दिने क्रममा जनप्रतिनिधिकै अगुवाइ पालिकाका कर्मचारी प्रति हातपात तथा दुरव्यवहार भएको भन्दै ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाका कर्मचारीले घटनामा संलग्न माथि कारवाहीको माग गरेका छन् । आठराइ त्रिबेणी गाउँपालिकाको कार्यालयका कर्मचारीहरुले संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाइ पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेका हुन् । सो पालिकाका कर्मचारीले कर्मचारी प्रति हातपात तथा दुरव्यवहार गर्ने उपर समयमै उचित कारवाही नभए अपराधिक मानसिकता भएका व्यक्तिहरुको मनोवल बृद्धि हुने बिज्ञप्तीमा उल्लेख गरेका छन् । दोषी माथि तत्काल कारवाही नभए दण्डहिनता मौलाउँदै जाने र इमान्दार कर्मचारीको मनोवलमा ह्रास आइ सेवा प्रवाहमा गम्भिर असर पर्ने कर्मचारीहरुले संयुक्त प्रेश विज्ञप्तीमार्फत कार्यस्थलमा सुरक्षाको प्रत्याभूत गरी सेवा प्रवाहमा सहजतापूर्वक खटिने वातावरण निर्माणका लागि सरकारसमक्ष माग गरेका छन् । पालिकाभरीका सम्पूर्ण कर्मचारीकातर्फबाट आठराइ त्रिबेणी गाउँ कार्यपालिकाको कार्यालयको लेटरप्याडमा निकालिएको विज्ञप्तीमा जनाइए अनुसार आठराइ त्रिबेढणी गाउँपालिका वडा नं १ निघुरादिन स्थित परमसिंह माविको निर्माणाधिन भवनको अनुगमनका तथा सुझाव र निर्देशनका क्रममा पालिकाका इञ्जिनियर र असिष्टेन्ट सव इञ्जिजिनयर माथि वडा सदस्य मल्लराज पोमू सहितको सहभागितामा हातपात तथा दुरव्यवहार भएको दावी गरिएको छ । पालिकाका इञ्जिनियर बिशाल गुरुङ र असिष्टेन्ट सव इञ्जिजिनयर दिछेन शेर्पा माथि कार्यस्थलमै वडा सदस्य पोमू सहित स्थानीयहरुले हातपात तथा दुरव्यवहार गरेको भन्दै घटनामा संलग्न माथि कर्मचारीले कानुनी कारवाहीको माग गरेका हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts