ताप्लेजुङका स्थानीय तहमा सबैभन्दा बढी कोरोना संक्रमित आठराइ त्रिबेणी गाउँपालिकामा,सबैभन्दा कम सिदिङ्वामा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । स्थानीय तह अनुसार ताप्लेजुङमा सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित आठराइ त्रिबेणी गाउँपालिकामा देखिएका छन् । सक्रिय संक्रमित संख्यालाइ मात्र हेर्ने हो भने ताप्लेजुङ अस्पतालमा गरिएका परीक्षणमा पुष्टी भएका बढी छन् । अस्पतालमा परीक्षण गरिएका मध्ये ८४ जना सक्रिय संक्रमित रहेका छन् । १ सय ५० जनाको परीक्षण गरिएकोमा ६६ जनामात्र संक्रमणमुक्त भएको पाइएको छ । संक्रमित संख्यामा फुङ्लिङ नगरपालिकामा बढी भएपनि सक्रिय संक्रमितको संख्यामा आठराइ त्रिबेणीले नगरपालिकालाइ पछि पारेको छ । स्वास्थ्य कार्यालय र यहाँका ९ वटै स्थानीय तहसंगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सोमवार सार्वजनिक गरेको बिबरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा ७७ जना सक्रिय कोरोना संक्रमित रहेको देखिएको छ । १ सय ५४ जना संक्रमित भएकामा ७७ जना भने संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार अहिले सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५ जना सक्रिय संक्रमित रहेका छन् । नगरपालिकामा ४ सय ५१ जना संक्रमित भएकोमा ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा कम सक्रिय संक्रमित सिदिङ्वा गाउँपालिकामा १ जना मात्र देखिएका छन् । त्यहाँ ८ जनाम संक्रमण देखिएकामा ७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । मैवाखोला गाउँपालिकामा ३९ जना सक्रिय संक्रमित देखिएका छन् । मैवाखोलामा ७२ जनामा संक्रमण देखिएकोमा ३३ जना संक्रमणमुक्त भइ सकेको जिल्ला प्रशासन कार्यालयका खरिदार बिशाल काफ्लेले जानकारी दिए । मेरिङदेन गाउँपालिकामा २४ जना सक्रिय संक्रमित रहेका छन् । त्यहाँ७२ जनामा संक्रमण देखिएकोमा ४८ जनाले स्वास्थ्य लाभ गरेको प्रशासन कार्यालयले जनाएको छ । मिक्वाखोला गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् । मिक्वाखोलामा ३७ जनामा संक्रमण देखिएकोमा २५ जना संक्रमणमुक्त भइसकेका छन् । फक्ताङलुङ गाउँपालिमामा १३ जना सक्रिय संक्रमित देखिएका छन् । त्यहाँ २९ जनामा संक्रमण देखिएकोमा १६ जना संक्रमणमुक्त भएका छन् । पाथीभरा याङवरक गाउँपालिकामा ३७ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा २७ जना संक्रमणमुक्त भइ १० जना सक्रिय संक्रमित रहेको पाइएको छ । सिरिजंगा गाउँपालिकामा ४० जना सक्रिय कोरोेना संक्रमित रहेको पाइएको छ । त्यहाँ ७० जनामा संक्रमण देखिदा ३० जना संक्रमणमुक्त भएको प्रशासनको बिबरणमा उल्लेख गरिएको छ । कूल १ हजार ८० जना संक्रमित भएकोमा ७ सय २५ जना भने संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको समेत उसले सार्वजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts