ताप्लेजुङमा असार १४ सम्म निशेधाज्ञा लम्बियो,पसलहरु दिउँसो १ बजे सम्म खुल्ने,बैंकको सेवा भने साँझ ५ बजे सम्मनै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ६ । निशेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा असार १४ सम्मका लागि निशेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना संक्रमणको महामारीको अवस्थामा क्रमशःसुधार आएपनि संक्रमणको अवस्था पूर्णतया सुधार भईनसकेकोले निशेधाज्ञाको अवधि बढाइएको जानकारी दिनुभयो । पछिल्लो समय थप भएको निशेधाज्ञा असार ७ गते सकिदैं थियो । प्रजिअ पाण्डेका अनुसार बैंकहरुको सेवा बिदाका दिन बाहेक अरु दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्मका लागि कायम गरिएको छ । अत्यावश्यक काम परेको अवस्थामा अरु सरकारी कार्यालयले पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बढीमा एक चौथाइ कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न सकिने भएको छ । यातायात,शैक्षिक संस्था,अत्यावश्यक काम मानिसको अनावश्यक हिड्डुल माथिको प्रतिवन्ध भने कायम गरिएको छ । आर्थिक बर्षको समाप्तीको अवधि पनि हुन लागेकोले योजनाको अन्तिम भुक्तानी लगायतलाइ ध्यानमा राखेर सरकारी कार्यालयहरुमा अत्यावश्यक कामहरु गर्न सकिने तर ति सबै कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts