मैवाखोलाद्वारा असार २० बाट मंसिर सम्मलाई गोलिया/लडकीको ढुवानी बन्द
ताप्लेजुङ,असार ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले यहिँ असार २० बाट आउँदो मंसिर मसान्त सम्मका लागि गोलिया/लडकीको ढुवानी बन्द गर्ने भएको छ । असार ३ गते बसेको कार्यपालिकाको बैकठले असार २० बाट आउँदो मंसिर २९ सम्मका लागि गोलिया/लकडीको ढुवानी बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद तुम्बापोले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका बिभिन्न वडाहरुमा कटान गरी राखिएका गोलिया/लकडीको ढुवानीले बर्खा याममा बाटो अत्यधिक बिग्रन गइ एम्बुलेन्स सहितका अत्यावश्यक यातायातका साधन समेतको सञ्चालनमा कठिनाइ हुने भएकोले पालिका यस्तो निर्णयमा पुगेको हो । यो निर्णयसंगै अब मैवाखोला क्षेत्रमा रहेका गोलिया/लकडी ढुवानीकर्ताले असार १९ भित्रै सबै परिमाणको गोलिया/लकडी ढुवानी गरिसक्नुपर्ने अवस्था सृजना भएको छ ।