|

असार १० भित्र प्रत्येक स्थानीय तहले शिक्षकको रिक्त खुल पुल दरबन्दीको बिबरण पठाउनुपर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ४ । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनका क्रममा रिक्त खुल पुल दरबन्दीको बिबरण असार १० गते भित्र पढाइ सक्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तहहरुलाइ परिपत्र गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले रिक्त दरबन्दी नपठाइ दरबन्दी मिलानको कार्यमा सहयोग नपु¥याउने स्थानीय तहहरुको हकमा खुद पुल दरबन्दीका शिक्षकहरुको तलव भत्ता लगायतको सुबिधाहरु निकासा नगर्ने समेत केन्द्रले स्थानीय तहहरुलाइ जानकारी गराएको छ । शिक्षकको खुद पुल दरबन्दी भएका अधिकाँस स्थानीय तहहरुले दरबन्दी मिलानको प्रयोजनका लागि खुद पुल दरबन्दी कट्टगर्न शिक्षा तथा मानि स्रोत विकास केन्द्रमा पठाउनुपर्नेमा सो नगरी उक्त दरबन्दी त्यतिकै राखेको भन्दै केन्द्रले आपत्ति प्रकट गरेको छ । केन्द्रले असार ३ गते सम्म रिक्त दरबन्दी पठाउने स्थानीय तहहरुले सो पछि असार मसान्त सम्म रिक्त हुने खुल पुल दरबन्दी असार सम्म केन्द्रमा पठाइ सक्न भनेको छ । उसले स्थानीय तहहरुलाइ बिबरण सहितको पत्राचार गर्नका लागि इमेल basantakoirala63@gmail.com वा basantaprasadkoirala@gmail.com ठेगाना समेत दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts