आठराइ त्रिबणीले आव २०७६।७७ को सा.ले.प र ले.प प्रतिबेदन पेश नगरे बिद्यालयको बैंकखाता रोक्का गर्ने
ताप्लेजुङ,असार ३ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले आर्थिक बर्ष २०७६।७७ को सामाजिक लेखा परीक्षण तथा लेखा परीक्षण प्रतिबेदन पेश नगर्ने बिद्यालयका शिक्षक तथा कर्मचारीको तेस्रो चौमासिक तलव भत्ता रोक्का गर्ने भएको छ । उसले बैशाख देखि असार सम्मको तलव भत्ता बैंकमा निकासा गरेपनि सा.ले.प र ले.प प्रतिबेदन पेश नगरे सम्मका लागि सम्वन्धित बिद्यालयको बैंक खाता रोक्का गर्ने निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा अधिकृत सीतादेवी लावतीका अनुसार पालिका भरीका सबै बिद्यालयहरुले आव २०७६।७७ को सा.ले.प र ले.प गत माघ मसान्त सम्ममै बुझाइ सक्नुपर्ने हो । पालिका भरीका ३३ वटा सामुदायिक बिद्यालय रहेका छन् ।
आव २०७६।७७ को सा.ले.प र ले.प प्रतिबेदन यहिँ असार मसान्त भित्र गाउँपालिकाको शिक्षा शाखामा पेश गर्न समेत पालिकाले अन्तिम मौका दिएको छ । सा.ले.प र ले.प गर्ने जिम्मेवारी सम्वन्धित बिद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको हुने स्मरण गराउँदै गाउँपालिकाले बैंक खाता रोक्का गरिएबाट हुने व्यवधान प्रति बिद्यालय स्वयं जिम्मेवार हुनुपर्ने स्मरण समेत गराएको छ । शिक्षा अधिकृत लावतीका अनुसार पालिका भरीका बिद्यालयहरुले कक्षा ८ को ग्रेट लेजर÷ग्रेडसिट तथा कक्षा ५ को ग्रेट सिट १५ असार भित्र गाउँपालिकाको शिक्षा शाखामा बुझाइ सक्नुपर्ने छ ।