| |

सिरिजंगाका कर्मचारीले आन्तरिक सहयोग उठाएर पालिकाको कोभिड अस्पताललाइ दिए २ थान अक्सिजन कन्सन्ट्रेटर

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ३१ । कर्मचारीहरु मासिक तनाखा खाएर दैनिक १०–४ को समय कार्यालयका लागि खर्चिने मात्र होइन,आपतविपद्का बेला सहारा पनि बन्दा रहेछन् । यस्तै उदाहरणका पात्र भएका छन् ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका कर्मचारीहरु । गाउँपालिकाको केन्द्र तेल्लोकस्थित कोभिड–१९ अस्पतालमा कोरोना बिरामीको चाँप बढ्दै गयो । अक्सिजनको अभाव हुने संकेत पनि देखिदैं गयो । अब के गर्ने ? सिरिजंगाका कर्मचारीहरुले सल्लाह गरे र २ थान अक्सिजन कन्सन्ट्रेटर ल्याउने निधो गरे । कार्यरत कर्मचारीले आफ्नै गाँस काटेर २ लाख रुपैंया बराबर रकम संकलन गरेर ५÷५ लिटर क्षमताका २ थान अक्सिजन कन्सन्ट्रेटर पालिका अध्यक्ष टीकाराम गुरुङलाइ हस्तान्तरण गरेका छन् । मौजुदा अक्सिजन कन्सन्ट्रेटरले मात्र अस्थायी कोभिड अस्पतालमा रहेका बिरामी थेग्न नसक्ने अवस्था देखेर आफुहरुको मन पलाएको प्रमुख प्रशासकीय अधिकृत सन्तोेष घिमिरेले जानकारी दिनुभयो । घिमिरे सहित तेल्लोक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर भुवन सुबेदी सहितको उपस्थितिमा पालिका अध्यक्ष गुरुङलाइ अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts