बालिकालाइ जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
ताप्लेजुङ,जेठ ३१ । १६ बर्षिया एक बालिकालाइ जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ बर्षे एक युवकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्रा बस्ने धनबहादुर लोहार रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता÷सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार लोहार माथि गत १४ जेठमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राकी १४ बर्षिय बालिकालाइ उहाँकै कोठामा जबरजस्ती करणी गरेको अभियोग गरेको छ । घटना पछि फरार रहेका लोहारलाइ खोजतलास गर्ने क्रममा लोहारलाइ पक्राउ गरेको समेत अधिकारीले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेका उनी माथि जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान प्रारम्भ गरिएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले बताउनुभयो ।