ताप्लेजुङमै संक्रमण पुष्टी भइ उपचारका लागि बाहिरी जिल्ला लगिएका २ जनाको उपचारको क्रममा मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ३० । कोरोना संक्रमण पुष्टी भइ थप उपचारका लागि हेलिकोप्टरमार्फत बाहिरी जिल्ला लगिएका ताप्लेजुङका दुईजनाको उपचारका मृत्यु भएको छ । उपचारका क्रममा एक पुरुष र एक महिलाको आइतवार निधन भएको हो । दुबै जनालाइ ताप्लेजुङमै कोरोना संक्रमण पुष्टी भइ थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर थप उपचारका लागि जिल्ला लगिएको थियो । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले उहाँहरु दुबैमा यहिँ कोरोना संक्रमण पुष्टी भइ थप उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको जानकारी दिनुभयो । ताप्लेजुङमा कोरोना संक्रमणको दोस्रो भेरिएन्ट सुरु भएयता कोरोना संक्रमणकै कारण ११ जनाको मृत्यु भइ सकेको छ । तर जिल्ला प्रशासन कार्यालयले प्रकाशित गर्ने दैनिक कोरोना संक्रमणको अवस्था सम्वन्धी बिबरणमा भने ताप्लेजुङमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts