सिदिङ्वाको निर्णय ः अन्तरपालिकाको सवारी आवागमन बन्द,खाद्यान्न बोकेका गाडीका चालक समेतको रिर्पोट नेगेटिभ आएको प्रमाण चाहिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ ३० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले अन्तरपालिका सवारी आवागमनलाइ पूर्ण रुपमा प्रतिवनध गर्दै खाद्यान्न बोकेका सवारी साधनका चालक समेतको पीसीआर÷एन्टीजेन परीक्षण रिर्पोटलाइ अनिवार्य गरेको छ । स्थानीय तह स्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा समेत कोरोना संक्रमणको दर उच्च रहेको भन्दै नियन्त्रणका लागि यस्तो निर्णयमा गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार सिदिङ्वा बाहेक अन्तर स्थानीय तहको सवारी आवागमनलाइ पूर्णतया प्रतिवन्ध गरिएको छ ।

खाद्यान्न बोकेर सिदिङ्वा भित्रने सवारी साधनका चालक समेतले पीसीआर÷एन्टीजेन गरी नेगेटिभ रिर्पोट आएको बढीमा १० दिन भित्रको रिर्पोट अनिवार्य गरिएको छ । यस्तै गाउँपालिकाको केन्द्र रहेको भञ्ज्याङ बजार ५ असार सम्मलाइ पूर्ण रुपमा बन्द गरिएको छ भने स्थानीय स्तरमा उत्पादन हुने सागसब्जी तथा तरकारी र खाद्यान्न खरिदका बिक्रीका लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर प्रत्येक दिन ७ः०० बजे देखि ८ बजे सम्म र साँझ ४ः०० बजे देखि ६ बजे सम्मको समय निर्धारिण गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts