ताप्लेजुङमा बुधवारबाट कोरोना बिरुद्धको भेरोसिल खोप सुरु गरिदैं,५५ बर्ष माथि उमेर समूह प्राथमिकतामा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,२५ जेठ । ताप्लेजुुङमा बुधवारबाट कोभिड–१९ बिरुद्ध प्रयोग हुने खोप लगाइन भेरोसिल खोप लगाइने भएको छ । मंगलवार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ बर्ष भन्दा माथि उमेर समूहका व्यक्तिलाइ खोप लगाउने निर्णय लिएको हो । यस्तो खोप यसअघि कोभिड–१९ बिरुद्धको खोप लगाउन छुट भएका सफाइ कर्मचारी,स्वास्थ्यकर्मी,सञ्चारकर्मी र अन्य अग्रभागमा खटिने जनशक्ति समेतलाइ छुट भएको भए भेरोसिल खोप लगाइने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

बैठकले उपत्यका भित्र भेरोसिल खोपको पहिलो मात्रा लिइ आएका व्यक्तिलाइ समेत खोपकार्डको अनुगमन गरी दोस्रो डोज उपलब्ध गराउने समेत निर्णय लिएको छ । तिब्बतसंग सीमा जोडिएका पालिकामा यसअघि कोरोना बिरुद्धको खोप लगाउन बाँकी रहेका १८ बर्ष भन्दा माथिका सबै नागरिकलाइ खोप दिनुपर्ने निर्देशिका भएपनि प्राप्त खोपको मात्राले सीमावर्ती पालिका क्षेत्रका सबै नागरिकलाइ अपुग हुने देखिएको भन्दै बैठकले अपुग खोपको मात्रा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा माग गर्ने निर्णय समेत गरेको छ ।

Similar Posts