|

अन्तिम भुक्तानी र बजेट निर्माण समेतलाइ ख्याल गरेर सिरिजङ्घाद्धारा वडागत रुपमा सेवा प्रवाह सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २३ । नीति,कार्यक्रम तय र बजेट निर्माण समेतको अवस्थालाइ ख्याल गरेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आइतवारबाट स्वास्थ्य मापदण्डको पालना गरी वडागत रुपमा सेवा प्रवाह गर्ने भएको छ । यसअघि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गर्ने निर्णय लिएको गाउँपालिकाले यात्रुवाहक सवारी साधनमा लगाइएको आवागमन माथि भने पूर्ण रोक लगाउँदै वडागत रुपमा सेवा सुरु गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार प्रत्येक मंगलवारका दिन वडा नं १ सिनाम र वडा नं २ आम्बेगुदिन र प्रत्येक शुक्रवार वडा नं ३ सिकैचा र वडा नं ४ तेल्लोकका सेवाग्राहीलाइ सेवा प्रदना गरिने छ । यस्तै प्रत्येक बुधवारका दिन वडा नं ५ पेदाङ र वडा नं ६ मामाङ्खे तथा प्रत्येक आइतवारका दिन वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुनिका सेवाग्राहीलाइ सेवा बितरण गरिने छ । वडा कार्यालयबाट प्रवाह हुने सेवा भने सम्वन्धित वडा समितिले निर्धारण गरे अनुसार हुने समेत गाउँपालिकाले जनाएको छ । चालू आर्थिक बर्षमा सञ्चालित विकास निर्माणसंग सम्वन्धित आयोजनाको अन्तिम फरफारक समेत गर्नुपर्ने र पालिकाको नीति,कार्यक्रम तय र बजेट निर्माण समेतमा जुट्नुपर्ने भएकाले गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सेवा वडागत रुपमा प्रवाह हुने गरी व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले निर्माण व्यवसायी तथा जनसहभागिता परिचालनमार्फत आयोजना÷कार्यक्रमको अन्तिम फरफारक÷भुक्तानी,अत्यावश्यक सिफारिस र अत्यावश्यक हो भनी ठह¥याइएका अन्य कार्य,अत्यावश्यक स्वास्थ्य सेवा,एम्बुलेन्स सेवा र प्राकृतिक एवम् बिपद् सम्वन्धी सेवा भने प्रवाह हुने जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts