| |

सिदिङ्वा गाउँपालिका अध्यक्ष कडरियालाई कोरोना सङ्क्रमण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २२ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका अध्ध्यक्ष नरबहादुर कडरियालाई कोरोना संक्रमण पष्टि भएको छ । शनिबार गाउँपालिका केन्द्र साब्लाखुमा गरिएको एन्टिजेन परीक्षणमा अध्यक्ष कडरियालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार सिदिङ्वा गाउँपालिकामा शनिबार ३५ जनाको एन्टिजेन परीक्षण गर्दा अध्यक्ष कडरियाको मात्र रिपोर्ट पोजेटिभ आएको हो । उहाँलाई संक्रमण पुष्टि भए पनि हाल स्वास्थ्य अवस्था भने सामान्य नै रहेको गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले जानकारी दिनुभयो ।
सिदिङ्वा गाउँपालिका अध्यक्षसहित शनिबार ताप्लेजुङमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान फुङ्लिङ नगरपालिकामा गरिएको एन्टिजेन परीक्षणमा वडा नं. ९ हाङ्देवाका नौ जना र वडा नं. ६ का एकजनामा संक्रमण पुष्टि भएको फुङ्लिङ नगरपालिकाले जनाएको छ । यसअघि सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष ताम्लिङलाई पनि कोरोना संक्रमण भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts