काजकिरियाको कर्म गराउन गएका पण्डितकै मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा कटहरेबाट काजकिरिया सम्वन्धी काम गराउन मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ पुगेका एक पण्डितको मृत्यु भएको छ । मृत्यु हुनेमा हाङ्देवा कटहरेका हरिप्रसाद घिमिरे रहनु भएको छ । उहाँ मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ डाँडागाउँकी बिद्याश्वरा कार्कीको मृत्यु पछि काजकिरिया सम्वन्धी काम गराउन त्यहाँ पुग्नु भएको थियो । सोहि घरकी बुहारी लीलादेवी कार्कीका अनुसार बेलुका खाना खाएर सुतेका पण्डित घिमिरेलाइ बिहान मृत अवस्थामा देखिएको थियो । कार्की परिवारले पण्डित घिमिरेका लागि आफ्नो भन्दा पल्लो घरमा बस्ने व्यवस्था गरेका थिए । सधैं पनि ४ बजेतिरै आगो तापेर बस्ने पण्डित घिमिरे शनिवार बिहान पनि उनले आगो तापेर बस्ने ठाउँमै मृत भेटिएको स्थानीयले बताएका छन् । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts