मन्त्री भएपछि राजेन्द्र महतोले दिएको पहिलो अभिव्यक्ति नै बिबादमा,गलत भनाइलाइ लगाम लगाउन प्रधानमन्त्रीलाइ योगेशको सुझाव

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । सपथ खाएर कार्यकार सम्हाल्न मन्त्रालय छिरे लगत्तै उपपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको बहु राष्ट्रिय राज्यको अभिव्यक्ति बिबादमा परेको छ । देशलाइ द्धन्दतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउन माग भएको छ । उपप्रधानमन्त्री महतोको अभिव्यक्ति लगत्तै एमाले नेता तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जाल फेसबुकका प्रतिक्रिया जनाउँदै पहिलो र दोस्रो सविधानसभामै असान्र्दभिक भइसकेको बहु राष्ट्र राज्यको बहसमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गर्नु भएको छ । यसले राम्रो संकेत नगरेको उहाँको बुझाइ रहेको छ । मौजुदा संविधानको धारा ३ ले ‘बहुजातिय,बहुभाषिक,बहुधार्मिक,बहुसाँस्कृतिक बिशेषतायुक्त भौगोलिक बिबिधतामा रहेका समान आकाँक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता,राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनेको छ । भट्टराईले बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता भएको तर्क गर्दै यस्ता लगत भनाइलाइ लगाम लगाउन प्रधानमन्त्री ओलीलाइ सुझाउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts