५ वटा क्षेत्रलाइ आधार मानेर नतिजा प्रकाशन गर्न फुङ्लिङद्धारा नगर भित्रका बिद्यालयलाइ परिपत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बार्षिक परीक्षा सञ्चालन भएका बिद्यालयले पुस्तिका परीक्षणको आधारमा र अन्यको हकमा ५ वटा क्षेत्रलाइ आधार मानेर नतिजा प्रकाशन गर्न नगरभरीका बिद्यालयलाइ परिपत्र गरेको छ । शिक्षा अधिकृत प्रकाश पौडेलका अनुसार कोभिड–१९ को संक्रमणका कारण बिद्यालय तहको केहि बिषयका बार्षिक परीक्षा स्थगित भएको र तत्काल बिद्यार्थीहरु भौतिक रुपमा उपस्थित भइ परीक्षा सञ्चालन गर्न नसक्ने भन्दै आन्तरिक तवरले २७ जेठ भित्र परीक्षाको बार्षिक नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको छ । उहाँका अनुसार नगर शिक्षा समितिको शुक्रवारको बैठकले शैक्षिक सत्र २०७७ को बिद्यालय तहको कक्षा १ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरुको नतिजा बिद्यालयले प्रकाशन गर्नुपर्ने निर्णय लिएको हो ।

बार्षिक परीक्षा सञ्चालन भएका बिद्यार्थीको हकमा उत्तर पुस्तिका परीक्षणको आधारमा र बाँकीको हकमा मूल्याङ्कन गर्दा अपनाइने बिधि समेत नगरपालिकाले बिद्यालयलाइ दिएको छ । जस अनुसार मूल्याङ्कन गर्दा पहिलो त्रैमासिक परीक्षालाइ २० प्रतिशत,अर्धबार्षिक परीक्षालाइ ५० प्रतिशत,कक्षा सहभागिता तथा हाजिरीलाइ १० प्रतिशत,अनुशासनलाइ १० प्रतिशत र अतिरिक्त क्रियाकलापलाइ १० प्रतिशत हुने गरी आधार मानेर बिद्यालयले नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts