|

आर्थिक रुपले बिपन्न,असहाय र अशक्तको कोरोना खर्च सरकारले व्यहोर्ने,होम आइसोलेसनमा बसेकाको क्लिनिकल खर्च स्थानीय तहलाइ उपलब्ध गराइने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १९ । सरकारले आर्थिक रुपले बिपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक,असहाय एकल महिला,अति अपाङ्गता भएका नागरिक,जेष्ठ नागरिक,अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी,सफाइकर्मी,सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाइ कोरोना भाइरसको उपचारको उपचार तथा परीक्षण निःशुल्क गर्ने भएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणको उपचार वापत अस्पताललाइ अनुदान उपलब्ध गराउने सम्वन्धी आदेश २०७७ लाइ शंसोधन गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो बताएको हो । नेपाल सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खण्ड ७१ संख्या ७ मिति १७ जेठ २०७८ मा सूचना प्रकाशित गर्दै संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी सरकारले संशोधन सहितको आदेश जारी गरेको हो । प्रकाशित राजपत्रले कोरोना भाइरस कोभिड–१९ को संक्रमणको उपचार वापत अस्पताललाइ अनुदान उपलब्ध गराउने सम्वन्धी आदेश २०७७ को दफा ३ को उपदफा (३) लाइ शंसोधन गरेको छ । तर सरकारले आर्थिक रुपले बिपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक,असहाय एकल महिला,अति अपाङ्गता भएका नागरिक,जेष्ठ नागरिक,अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी,सफाइकर्मी,सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीले ‘कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट व्यहोरीने छ’भन्ने शब्द भने राखेको छ । राजपत्रले कोरोना भाइरस कोभिड–१९ को संक्रमणको उपचार वापत अस्पताललाइ अनुदान उपलब्ध गराउने सम्वन्धी आदेश २०७७ को दफा ४ लाइ समेत शंसोधन गर्दै आर्थिक रुपले बिपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक,असहाय एकल महिला,अति अपाङ्गता भएका नागरिक,जेष्ठ नागरिक,अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी,सफाइकर्मी,सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाइ कोभिड–१९ को उपचार गरे वापतको रकम अनुसूची–१ बमोजिमको दरमा सूचिकृत कोभिड अस्पताल र आइसोलेसन केन्द्रलाइ उपलब्ध गराउने छ भने होम आइसोलेसनमा बस्ने बिरामीको क्लिनिकल निगारानी गर्दा लाग्ने रकम सम्वन्धित स्थानीय तहलाइ उपलब्ध गराइने भनेको छ ।

(राजपत्र http://rajpatra.dop.gov.np/welcome/book/?ref=24571

अरुलाई पनि शेयर गरौ !

Similar Posts