|

माओवादीले ताप्लेजुङमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सघाउने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १७ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले जिल्लामा समुदाय स्तरसम्म फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको कार्यमा सहयोग गर्नेगरी ‘कोभिड–१९ नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापन स्वयंसेवक परिचालन समिति’ निर्माण गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रणमा सहयोगी र स्वयंसेवी भूमिका निर्वाह गर्नेगरी जिल्लास्तर र पालिकास्तरीय समितिहरु निर्माण गरेको हो ।
जिल्ला स्तरमा पार्टी इन्चार्ज खेलप्रसाद बुढाक्षेकी (पराग) र जिल्ला अध्यक्ष विजयप्रकाश वनेम रहेको समिति चयन गरिएको छ । समिति सदस्यहरुमा लक्ष्मीप्रसाद अन्छङ्बो, मिड्माडण्डु शेर्पा, विष्णुकुमार हाङबाङ, सुरज ओझा, बमबहादुर भट्टराई र उदयनारायण दुलाल रहुनभएको छ । यस्तै पालिकास्तरमा फुङलिङ नगरपालिकामा सागर गौतमको संयोजकत्वमा नौ सदस्यीय, सिरिजंघा गाउँपालिकामा तेजसम्सेर भट्टराई (काजी) को संयोजकत्वमा आठ सदस्यीय समिति बनेको छ ।
पाथीभरा याङ्वरक गाउँपालिकामा ठाकुर लिम्बूको संयोजकत्वमा सात सदस्यीय, सिदिङ्वा गाउँपालिकामा कृष्णकुमारी कडरिया (बन्दना) को संयोजकत्वमा आठ सदस्यीय, आठराई त्रिबेणी गाउँपालिकामा मणि सेम्बुको संयोजकत्वमा नौ सदस्यीय समिति चयन गरिएको छ । त्यस्तै मैवाखोला गाउँपालिकामा आलोक शेर्पाको संयोजकत्वमा नौ सदस्यीय, मेरिङ्देन गाउँपालिकामा दावछिरिङ शेर्पा (विशालु) को संयोजकत्वमा पाँच सदस्यीय, मिक्वाखोला गाउँपालिकामा चन्द्रकला गुरुङको संयोजकत्वमा आठ सदस्यीय र फक्ताङ्लुङ गाउँपालिकामा मानबहादुर केसीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति निर्माण गरिएको छ । केही स्थानीय तहहरुमाका समितिअन्तर्गत इन्चार्जको जिम्मेवारी पनि तोकिएको माओवादी केन्द्रले जनाएको छ ।
यता स्वयंसेवक परिचालन समितिले स्थानीयस्तरमा कोरोना नियन्त्रणका लागि गरिने क्रियाकलाप, बच्ने उपायसम्बन्धी जनचेतना फैलाउने, आवश्यक राहत तथा सहयोगको लागि सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने, शंकास्पद विरामीलाई स्वास्थ्य उपचार गर्न/गराउन आवश्यक सुझाव तथा परामर्श दिनेजस्ता कार्य गर्ने छ । यस्तै आवश्यक स्वास्थ्य सामग्री जुटाउन सहयोग गर्ने, संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनमा सहयोग गर्ने, एम्बुलेन्स तथा सवारी साधनको समन्वयमा सहयोग गर्ने साथै औषधि तथा खाद्यान्न लगायत अत्यावश्क वस्तुको मूल्य वृद्धि र कृत्रिम अभाव नियन्त्रणमा खबरदारी जस्ता कार्यसमेत समितिले गर्ने माओवादी केन्द्रले जनाएको छ । विवरण हेर्नुहोस,

अरुलाई पनि शेयर गरौ !

Similar Posts