|

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनमा पाण्डे विजयी

अरुलाई पनि शेयर गरौ !

दाङ, जेठ १७ । लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनको मतदानमा कपिलवस्तुका दृगनारायण पाण्डे विजयी हुनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका पाण्डे चार हजार १४० मतभारले विजयी हुनुभएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।
माओवादी केन्द्र, उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थनमा उम्मेदवार बन्नुभएका पाण्डेले प्रदेश सभातर्फ दुई हजार १६ र स्थानीय तहतर्फ दुई हजार १२४ मतभार प्राप्त गरी जम्मा चार हजार १४० मतभार प्राप्त गर्नुभएको कुँवरले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६१२ मतभार प्राप्त गर्नुभएको छ । महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीले समर्थनमा उम्मेदवार बन्नभएका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९२० र स्थानीय तहतर्फ १ हजार ६९२ गरी ३ हजार ६१२ मतभार प्राप्त गर्नुभएको सूचना अधिकृत कुँवरले जानकारी दिनुभयो ।
बिहान ९ वजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानमा २९७ मत खसेको प्रमुख निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ३ मत बदर भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै तीन वटा मतदान केन्द्रको व्यवस्था गरेको भन्दै थापाले प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख दुई वटा छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्र तोकिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts