| |

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मृत्युदावी रकम प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १७ ।
ताप्लेजुङस्थित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकका परिवारलाई मृत्युदाबी रकम उपलब्ध गराएको छ । मेरिङ्देन गाउपालिका–५ थुकिमाका बीमाकर्ता (बीमा गर्ने व्यक्ति) पेमा खाण्डु शेर्पाको मृत्यु भएपछि उहाँका परिवारलाई मृत्युदाबी रकम कम्पनीले उपलब्ध गराएको हो ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङका शाखा प्रमुख ङिमा शेर्पाका अनुसार मृतक शेर्पाका श्रीमती पासाङफुटी शेर्पालाई पाँच लाख छ हजार ५०० रुपैयाँ बराबरको चेक आइतबार हस्तान्तरण गरिएको हो । बिमितको मृत्युदावी बापतको उक्त रकम बराबरको चेक मृतकको घरमै पुगेर उहाँका परिवारलाई हस्तान्तरण गरिएको शाखा प्रमुख शेर्पाले जानकारी दिनुभयो ।
मृतक पेमा खाण्डुले २०७६ साल फाल्गुन २३ गते पाँच लाख रुपैयाँ बिमाङ्क रकम बराबरको जीवन बीमा गर्नुभएको थियो । बीमा गरेको करिव आठ महिनापछि उहाँको २०७७ साल कात्तिक ८ गते ३८ वर्षको उमेरमा मृत्यु भएको बताइएको छ । हालको कोभिड–१९ महामारीकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई एक अनौपचारिक कार्यक्रममार्फत चेक हस्तान्तरण गरिएको पनि आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ ।
मेरिङ्देन गाउँपालिका–५ थुकिमाका वडाध्यक्ष जयबहादुर खड्का, वडा सदस्य छिरिङ शेर्पा, समाजसेवी सुजित ओख्राबु, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रमुख ङिमा शेर्पा, सिनियर एजेन्सी म्यानेजर पेम्बा ओङ्दी शेर्पा, एजेन्सी म्यानेजर गोपाल मगर लगायतको उपस्थितिमा मृत्युदावी रकमको चेक हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts