सिरिजङ्घाले २२ गते सम्मका लागि स्थगन ग¥यो अत्यावश्यक बाहेकका सेवा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१६ जेठ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले २२ जेठ सम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय लिएको छ । प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार स्वास्थ्य सेवा,प्राकृतिक एवम् गैर प्राकृतिक बिपद् सेवा,आवश्यक सिफारिस र अत्यावश्यक हो भनी गाउँपालिकाले ठह¥याएका अन्य कार्यहरु बाहेक अन्य सेवा २२ जेठ सम्मका लागि स्थगन गरिएको छ । गाउँपालिकाले २२ जेठ सम्मका लागि गाउँपालिका क्षेत्र बाहिरबाट गाउँपालिका क्षेत्र भित्र प्रवेश गर्ने सम्पूर्ण सवारी साधनको आवागनममा समेत प्रतिवन्ध लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार २२ जेठ सम्मको अवधिमा गाउँ कार्यपालिका,वडा कार्यपालिका र नेपाल बैंक लिमिटेड स्थित सिरिजङ्घा शाखा तेल्लोकबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts