ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका एक शिक्षकको कोरोना संक्रमणबाट मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १४ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङस्थित राजेश्वरी आधारभूत बिद्यालयका शिक्षक देवनारायण चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । सिराहा जिल्ला घर भएका चौधरीको बिराटनगरमा उपचारका क्रममा निधन भएको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ वडाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो । चौधरी गत २ बर्ष अघि देखि राजेश्वरी आधारभूत बिद्यालयमा स्थायी शिक्षकको रुपमा कार्यरत रहनु भएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts