ताप्लेजुङको फुङ्लिङस्थित एक गोदाम घरमा आगलागी,क्षतिको बिबरण आउन बाँकी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १४ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको न्यूरोडस्थित कुमार गुरुङको फर्निचर सहितका सामान भएको गोदाम कोठामा गएराति आगलागीमा भएको छ । मान्छे पनि नबस्ने र बिद्युतको वेयरिङ सम्म नभएको निर्माणाधिन भवनको गोदाम घरमा आगो कसरी लाग्यो भन्ने थाह नभएको गुरुङले बताउनुभयो । राति २ बजे तिर तल्लो रोडबाट आगलागी बारे खबर पाएर पुग्नु भएका गुरुङ त्यहाँ पुग्दा स्थानीय भेला भइसकेका थिए । राति नै फुङ्लिङ नगरपालिकाको दमकल,प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षतिको बिबरण एकिन भएको छैन । गोदाममा फर्निचरका लागि प्रयोग हुुने फर्म,वेयरिङका सामान,शौचालय र नुहाउने कक्षमा प्रयोग हुनेल सहितका सामान रहेका थिए । ति सबै जलेर नष्ट भएको गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts