विगतको नतिजा र आन्तरिक मूल्याङ्कनलाइ आधार मानेर बार्षिक नतिजा प्रकाशन गर्न आठराइ त्रिबेणीद्धारा बिद्यालयलाइ पत्राचार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ११ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले यसअघि भएका परीक्षालाइ ८० प्रतिशत र आन्तरिक मूल्याङ्कनलाइ २० प्रतिशत आधार मानी कक्षा ८ बाहेक अरु तहका परीक्षाको नतिजा प्रकाशन गर्न पालिका भरीका सबै बिद्यालयलाइ परिपत्र गरेको छ । शिक्षा अधिकृत सीतादेवी लावतीका अनुसार शैक्षिक सत्र २०७७ को बार्षिक परीक्षाको नतिजा २०७८ को जेठ मसान्त सम्ममा प्रकाशन गरिसक्नुपर्ने छ । उहाँका अनुसार (कक्षा १–७ र ९)यस पूर्व सञ्चालन गरिएका त्रैमासिक,अर्धबार्षिक परीक्षा लगायतलाइ आधार मानेर ८० प्रतिशत अंक र आन्तरिक मूल्याङ्कन २० प्रतिशतलाइ आधार मानेर बिद्यालयले नतिजा प्रकाशन गर्नुपर्ने छ । गाउँपालिकाले कक्षा ८ को बार्षिक परीक्षाको मूल्याङ्कन समेत सोहि आधारमा गरी(प्रयोगाात्मक परीक्षाको प्राप्ताङ्क सहित)एक्सल सिटमा तयार गरी सफ्ट र हार्ड दुबै प्रति प्रमाणित गरी २५ जेठ भित्रमा गाउँपालिकाको शिक्षा शाखामा पठाइदिन समेत बिद्यालयहरुलाइ परिपत्र गरेको छ ।

पालिकाले १ असार २०७८ देखि बैकल्पिक तथा प्रत्यक्ष÷अप्रत्यक्ष माध्यमबाट स्वास्थ्य मापदण्डको पालना गरी बिद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक सत्र आरम्भ गर्ने तयारी गर्न समेत पालिका भित्रका सबै बिद्यालयलाइ जानकारी गराएको शिक्षा अधिकृत लावतीले जानकारी दिनुभयो । कोभिड–१९ को प्रकोप दिनहुँ बढी रहेको भन्दै पालिकाले बिद्यालयमा अत्यावश्यक काम गर्न जाँदा समेत भौतिक दुरी एवम् स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गर्न तथा सम्भव भए सम्म आफु रहेकै स्थानबाट कामकाज गर्न समेत पालिका भरीका सबै बिद्यालयहरुमा जानकारी गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts