|

८ हजार ६३६ जना कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ३८७ र ६३० को एन्टिजेन परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ४०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख चार हजार ८८७ जना कोरोनामुक्त भइसकेका छन् ।
हालसम्म एक लाख १७ हजार २६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ७६.६ प्रतिशत छ । हालसम्म २९ लाख ५८ हजार ६२० नमूना परीक्षण गरिएको छ । यता पछिल्लो चौबीस घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार ७०० जनाको मृत्यु भएको छ । हाल ७१४ जना क्वारेन्टिनमा छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts