| |

फुङ्लिङमा उपभोग्य वस्तु महंगियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ११ ।
कोरोना महामारीले नागरिक आक्रान्त बनिरहेका बेला ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । तुलनात्मक रुपमा चामल र खाने तेलको मूल्य अत्यधिक वृद्धि गरिएको छ भने अन्य सबै उपभोग्य वस्तुको मूल्य बढाइएकोे छ ।
जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएसँगै गरिएको निषेधाज्ञाको फाइदा उठाउँदै केही ब्यापारीले आफूखुशी मूल्य बढाएको भन्ने आलोचना आइरहेका बेला ताप्लेजुङ उद्योग वाणिज्य संघले उपभोग्य वस्तुको मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ । बाणिज्य संघले सोमबार सार्वजनिक गरेको उपभोग्य वस्तुको मूल्यअनुसार हरेक वस्तुको मूल्य बढाइएको छ ।
चामलको मूल्य तौलअनुसार प्रतिको बोरा ३५० देखि ५५० रुपैयाँसम्म वृद्धि गरिएको छ । यस्तै खानेतेल प्रतिपोका ५५ रुपियाँसम्म बढाइएको छ । यसरी नै हरेक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि गरिएको छ । स्थानीय व्यवसायीले भने हरेक सामानको मूल्य वृद्धि भएको र निषेधाज्ञापछि ढुवानी शुल्कसमेत दोब्बर बढी वृद्धि भएकाले सोहीअनुसार स्थानीय बजारमा मूल्य वृद्धि गर्नु बाध्यता भएको बताउँछन् ।
यता मूल्य वृद्धि भएपछि उपभोक्ताले चर्को असन्तुष्टि जनाएका छन् भने महामारीको मौका छोपेर व्यापारीले कालोबजारी गरेका आरोपसमेत लगाएका छन् । अचाक्ली रुपमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा पनि नियमक निकाय मुकदर्शक भएर बसेको उपभोक्ता बताउँछन् । कतिपय उपभोक्ताले तत्काल बजार पसलको अनुगमन गरी मूल्य नियन्त्रणतर्फ नियमक निकायले पहल गर्नुपर्ने माग पनि गर्न थालेका छन् ।
हेर्नुहोस् कुन उपभोग्य वस्तुको कति मूल्य पर्छ :–

अरुलाई पनि शेयर गरौ !

Similar Posts