ताप्लेजुङमा निषेधाज्ञाको अवधि जेठ १७ सम्म लम्ब्याइयो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ९ ।
ताप्लेजुङमा निषेधाज्ञाको अवधि तेस्रो पटक थप गरी आउँदो जेठ १७ गते मध्यराती सम्मलाई लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार जेठ १७ गते मध्यरात १२ः०० बजे सम्मका लागि निषेधाज्ञा थप गरेको हो । दोस्रो पटक गत जेठ ३ गते थप भएको निषेधाज्ञा जेठ १० गते सोमबार मध्यराती सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा जेठ १७ को मध्यरातीसम्म निषेधाज्ञा बढाउने जानकारी गराउनु भएको थियो । आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधिमा खाद्यान्न, तरकारी सहितका अत्यावश्यक दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजे सम्मको अवधि निर्धारण गरेको छ । सो अवधिमा उपभोक्ता तथा बिक्रेताले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खरिद बिक्री गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts