कोरोना भाइरस रोकथामका लागि आफु खुसी रकम संकलन नगर्न जिल्ला प्रशासन कार्यालयको उर्दी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ९ । कोरोना भाइरस नियन्त्रण,रोकथाम तथा उपचारका नाममा आफुखुसी रकम संकलन नगर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उर्दी गरेको छ । प्रशासन कार्यालयले यस्ता कार्यलाइ निरुत्साहित गर्नुपर्ने ठहर गर्दै कोहि कसैले आफुखुसी रकम संकलन गरेको भए केन्द्रीय उपचार कोषमा जम्मा गर्न समेत अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्धारा जारी सूचनामा स्वेच्छिक रुपमै कसैले रकम जम्मा गर्न चाहे राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार परिसर शाखामा रहेको कोरोना भाइरस,संक्रमण,रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न समेत भनिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts