| |

ताप्लेजुङमा कोरोना संक्रमित वृद्धाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ९ ।
ताप्लेजुङमा थप एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ बालमन्दिर टोलकी ६९ वर्षीया वृद्धाको गएराति मृत्यु भएको हो ।
आफन्तका अनुसार शंकास्पद लक्षण देखिएपछि शनिबार मात्र जिल्ला अस्पताल ताप्लेजुङमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा वृद्धालाई कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धालाई थप उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
यता वृद्धाको मृत्युपछि आफन्तले नै सुरक्षा मापदण्ड अपनाएर दाहसंस्कार गर्नेगरी आफूलाई सम्पर्क गरेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । प्रजिअ पाण्डेले मृतकका आफन्तलाई दाहसंस्कारमा संलग्नले प्रयोग गर्ने पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामग्री लिएर जान सल्लाह दिएको पनि बताउनुभयो । वृद्धाको मृत्युसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या सात पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts