| |

मिक्वाखोला गाउँपालिका अध्यक्षसहित १६ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ८ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष रामकुमार साँबासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्टअनुसार मिक्वाखोला गाउँपालिकाबाट ७० जनाको स्वाब (नमुना) सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
दुई जना महिला र १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँपालिका अध्यक्ष साँबा र वडा नं. ३ लिबाङका वडाध्यक्षको पनि रिपोर्ट पोजेटिभ आएको छ । यस्तै पोजेटिभ रिपोर्ट आउनेमा गाउँपालिका शिक्षा शाखाका प्रमुख, प्राविधिक र कृषि शाखा संयोजक हुनुहुन्छ भने साँबा स्वास्थ्यचौकी र पापुङ स्वास्थ्य चौकी इन्चार्जको पनि रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
साँबास्थित मेवा हाइड्रोमा कार्यरत चारजनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्षसहित पोजेटिभ रिपोर्ट आउनेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts