| |

ओलाङ्चुङगोला आउजाउ गर्न प्रतिबन्ध

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ६ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ७ ओलाङ्चुङगोलामा आवत–जावत गर्न प्रतिवन्ध गरिएको छ । नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण तीब्र रुपमा फैलिरहेको अवस्थामा ओलाङ्चुङगोलामा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नलाई आवतजावतमा प्रतिन्ध गरिएको हो ।
बिहीबार वडाध्यक्ष छेतेन शेर्पा भोटेद्वारा जारी सार्वजनिक सूचना अनुसार आगामी जेठ १५ गते सम्मका लागि ओलाङ्चुङगोला आउजाउ गर्न पूर्ण रुपमा प्रतिवन्ध गरिएको छ । सदरमुकाम फुङ्लिङदेखि २६ कोष टाढा रहेको पर्यटकीय सीमावर्ती गाउँ ओलाङ्चुङगोलाका बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवागमनमा प्रतिवन्ध लगाइएको हो ।
आउजाउ प्रतिवन्ध गर्न वडा समिति, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बल, स्वास्थ्य चौकीसहित सर्वपक्षीय बैठकले नै निर्णय गरेको हो । ‘‘जेठ ७ गतेदेखि १५ गतेसम्म पूर्ण रुपमा अर्को सूचना जारी नभएसम्मलाई आवतजावत बन्द गरिएको जानकारी गराइँन्छ’’ वडाध्यक्ष शेर्पाद्वारा सूचनामा उल्लेख गरिएको छ ।
यता जिल्लामा कोरोना सङ्क्रमण देखा पर्न सुरु भएको करिव चार सातासम्म कोही पनि सङ्क्रमित नभएको फक्ताङ्लुङ गाउँपालिकामा बुधबार भने पाँच जनामा एन्टिजेन परीक्षणमार्फत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts