ताप्लेजुङमा थप १० जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ४ सय १४ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । गएराती ११ जनाको पोजेटिभ रिर्पोट आएकोमा १० जना नयाँ संक्रमित थपिएका ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । थपिएका ७ जना पाथीभरा याङ्वरक गाउँपालिकाका रहेको सो गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । बाँकी थपिएका फुङ्लिङ नगरपालिकाका रहेका छन् । डाक्टर लामाका अनुसार पोजेटिभ आएका १ जनाको भने यसअघि संक्रमित भइ पुनः रिर्पोट पोजेटिभ नै आएको छ । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ४ सय १४ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts