| |

पूर्वमन्त्री भट्टराईको समन्वयमा पठाएको स्वास्थ्य सामग्री आइपुग्यो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ५ ।
पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको समन्वयमा पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ आइपुगेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा उपयोग हुने स्वास्थ्य सामग्री ताप्लेजुङ आइपुगेको हो ।
बुधबार आइपुगेको उक्त स्वास्थ्य सामग्री जिल्ला अस्पताल ताप्लेजुङले जिम्मा बुझेको छ । अक्सिजन कन्सिनट्रेटर, एन ९५ मास्क, पीपीई, ग्लोब्स, सर्जिकल मास्क, सेफ्टी चस्मा, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री रहेको जिल्ला अस्पतालले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts