|

बाणिज्य संघद्वारा जिल्ला अस्पताललाई थप अक्सिजन सिलिण्डर प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ४ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघले थप १७ थान (वटा) अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीब्र रुपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग बाणिज्य संघले मंगलबार उक्त अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी लगायतका पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । बाणिज्य संघले यसअघि गएको शुक्रबार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारी लगायतका दाताको सहयोगबाट दुई पटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताउनुभयो । जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ संक्रमित भएका विरामीको उपचारमा सहयोग पुग्ने विश्वास बाणिज्य संघले लिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts