| |

ताप्लेजुङ उद्योग बाणिज्य संघद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३१ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघले जिल्ला अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीब्र रुपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग बाणिज्य संघले शुक्रबार अक्सिजन सिलिण्डर प्रदान गरेको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार ढुवानीसमेत गरेर सात लाख २५ हजार ५०० रुपियाँ मूल्य बराबरको खरिदको प्रक्रिया अघि बढाइएको र तत्काल आठ थान अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराइएको छ । अब करिव २५ थान अक्सिजन सिलिण्डर आउने जनाइएको छ । उक्त अक्सिजन सिलिण्डर पूर्वसांसद तिलकुमार मेन्याङ्बो, प्रदेश सांसद बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन लगायतको उपस्थितिमा जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामालाई हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो ।
अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउन नपरोस् र कोभिड रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्याउन धेरै पहल र प्रयत्नबाट अक्सिजन सिलिण्डर जुटाई अस्पताललाई उपलब्ध गराउन सफल भएको पनि अधिकारीले बताउनुभयो । सिलिण्डर हस्तान्तरण कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका अन्य पदाधिकारी तथा सदस्यको पनि उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts