दुःखद् बियोगान्त ः १५ दिन अघि बाबु,एकदिन अघि श्रीमति र भोलिपल्ट श्रीमानको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,३१ बैशाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनाम पुख्र्यौली घर भइ हाल संघीय राजधानी कपन बस्दै आएका एकाघरका तीन सदस्यको मृत्युको खबरले अहिले धेरैका लागि सुन्दै आङ जिरिङ बनाउन थालेको छ । मान्छेको मरण पनि कस्तो–कस्तो हुन्छ, यो घटनाले त्यस्तै एक कारुणिक बियोगान्तको दुःखद् तस्बिर छर्लङ्ग बनाएको छ । कपन बस्दै आउनु भएका ३५ बर्षिय दीपक थेबेको शुक्रवार बिहान कोरोनाका कारण निधन भयो । उहाँकी ३३ बर्षिया श्रीमति रोश्तीको बिहीबार निधन भएको थियो ।

सिनाम माविका प्रधानाध्यापक तथा दीपक र रोश्नीलाइ अध्यापन गराउनु भएका शिक्षक महेन्द्रप्रकाश गौतमका अनुसार अन्दाजी ६० बर्षिय बुबा राजकुमार थेबेको १५ दिन अघि मृत्यु भएको थियो । गौतमका अनुसार छोरा दीपक बिरामी भइ अचेत अवस्थामा अस्पतालमा भर्ना भएकै बेला बाबु राजकुमारको मृत्यु भएको थियो । १५ दिन अघि बाबु,एकदिन अघि श्रीमित र भोलिपल्ट श्रीमान्को मृत्युको यो घटनाले सबैलाइ स्तब्ध बनाएको छ ।
रंगनाथको मृत्यु पनि कोरानाबाटै
ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौका उपाध्यक्ष रंगनाथ भट्टराईको समेत कोरोनै कारण ज्यान गएको छ ।

भट्टराईको उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रवार बित्रहान निधन भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिनुभयो । सरोकार केन्द्र ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका पुगी बसोबास गर्नेहरुको संस्था हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts