| |

सुकेटार क्षेत्रमा एकसय ५२ जनाको स्वाब संकलन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३० ।
ताप्लेजुङको सुकेटार क्षेत्रमा बिहीबार एक सय ५२ जनाको स्वाब सङ्कलन गरिएको छ । फुङ्लिङ नगरपालिका स्वास्थ्य शाखाको अगुवाइमा कोरोना सङ्क्रमणको सम्भावित जोखिम क्षेत्रका रुपमा रहेको सुकेटार क्षेत्रबाट ६३ जना महिला ७९ जना पुरुषको स्वाब सङ्कलन गरिएको हो ।
सुकेटार क्षेत्रमा सङ्कलन गरिएको स्वाब र जिल्ला अस्पताल ताप्लेजुङमा सङ्कलन गरिने स्वाब सँगै पीसीआर परीक्षण गर्न पठाउने योजना बनाएको फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले जानकारी दिनुभयो । उपप्रमुख भट्टराईका अनुसार अहिले जिल्ला अस्पतालमा पनि केही शंकास्पद बिरामीको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ ।
चार दिनअघि सुकेटार क्षेत्रकी एक महिलाको मृत्युपछि एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि उहाँको नजिक सम्पर्कमा रहेका तथा अन्य शंकास्पद लक्षण देखिएकाहरुको बिहीबार बिहान स्वाब सङ्कलन गरेको फुङ्लिङ नगरपालिकाले जनाएको छ । सङ्कलित स्वाब (नमुना) आजै परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts