वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ ः बाबुराम भट्टराई

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,बैशाख २९ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले देशको वर्तमान संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन सकिने बताउनु भएको छ । भट्टराईले संविधानको धारा ७६(२) बमोजिम नै सबै दलको सहभागितामा वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने बताउनु भएको छ । त्यस्तै दलका प्रमुख नेता तथा पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, कोरोना नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोग÷मुद्दा, संविधान संशोधन र आर्थिक राहतका विषयमा साझा न्यूनतम कार्यक्रम लागू गर्न सकिने पनि उहाँको भनाइ छ । त्यस्तै यस सरकारले १ वर्षभित्र चुनाव गराउनुपर्ने पनि भट्टराईको भनाइ छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार बनाउन दुई वा दुईभन्दा बढी दललाई आह्वान गर्नु भएको छ । तर प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पु¥याउन कठिन भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts