प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य जटिल

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,बैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ । सामाजिक सन्जालमा सार्वजनिक एक तस्वीरमा सीता निकै दुब्ली र कमजोरजस्तो देखिनु भएको छ । सो तस्वीरमा सीतासँगै उहाँका पति प्रचण्ड, छोरी र नातिनीहरु रहनु भएको छ । पारिवारिक स्रोतका अनुसार उहाँलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ । ‘हातखुट्टा चल्दैनन्, आँखा जुधाएर हेर्न सक्नुहुन्न,’ स्रोतले भन्यो, ‘दिसा–पिसाब गराइदिनुपर्छ, खाना पनि झोलजस्तो बनाएर पाइपबाट खुवाइदिनुपर्छ ।’ दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित हुनुहुन्छ । । यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने डा. प्रत्युष श्रेष्ठ बताउँनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts