फुङ्लिङमा निशेधाज्ञाको अवधि जेठ ३ सम्मलाइ बढ्यो,दैनिक उपभोग्य बस्तु खरिदबिक्रीका लागि सोमवारबाट दैनिक बिहान १ घण्टाको अवधि प्रदान,टेम्पोले पनि सञ्चालन अनुमति लिनुपर्ने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २६ । ताप्लेजुङको फुङ्लिङमा निशेधाज्ञाको अवधि आउँदो जेठ ३ गते मध्यराती सम्मलाइ बढेको छ । जिल्ला प्रशासन कार्यालयले आइतवार निशेधाज्ञा जारी गर्दै जेठ २७ गतेमध्यरातीबाट आउँदो जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निशेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार गत जेठ २० गते जारी भएको निशेधाज्ञा आदेश जेठ २७ गते मध्यरातमा सकिने भएकोले थप ७ दिनका लागि यसअधि निशेधाज्ञा जारी भएको क्षेत्र र प्रकृतिकै अधिनमा रही जेठ ३ गते मध्यरात १२ः०० बजे सम्मका लागि निशेधाज्ञाको अवधि बढाइएको छ । निशेधाज्ञाको अवधिमा सार्वजनिक एवम् निजी सवारी साधन र टेम्पो समेतले सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ । बिबाह,ब्रतवन्ध जस्ता कार्यमा सहभागी भइ अन्यत्र जिल्ला जानु÷फर्कनु पर्ने भएमा सवारी साधनमा बढीमा ४ जना सम्मका लागि स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । यसैबीच, आइतवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निशेधाज्ञाको अवधिमा खाद्यान्न,तरकारी सहितका अत्यावश्यक दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजे देखि ८ बजे सम्मको अवधि निर्धारण गरेको छ । सो अवधिमा उपभोक्ता तथा बिक्रेताले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खरिद बिक्री गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । बैठकले प्रत्येक स्थानीय तहलाइ कम्तिमा २–२ सय थान एन्टीजेन किट खरदि गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । जिल्ला अस्पताल ताप्लेजुङमा पीसीआर ल्याव सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचना निर्माणको प्रकृया थालिने र यस कार्यमा जिल्ला भरका सबै स्थानीय तहको सहयोग आवश्यक भएकोले सहयोग माग गर्ने निर्णय समेत भएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिनुभयो । बिबाहका लागि दुलहा दुलही सहित १५ जना भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने समेत प्रजिअ पाण्डेले जानकारी दिनुभयो । निशेधाज्ञा अवधिभर सदरमुकाम क्षेत्रमा रहेका बित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने र बैंकहरुको हकमा एक चौथाइ कर्मचारीको उपस्थितिमा मात्र सेवा सञ्चालन गर्न पाइने भएको छ । औषधि र स्वास्थ्य सामग्री बाहेकका पसल अन्य व्यवसाय निशेधाज्ञा अवधिभर बन्द गर्ने तथा शिक्षण संस्था समेत अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि सञ्चालन नगर्ने÷नगराउने निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts