|

ताप्लेजुङबाट थप २ सय ३८ जनाको स्वाब संकलन,१ सय ३५ जनाको परीक्षणका लागि पठाउने तयारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२६ बैशाख । ताप्लेजुङबाट थप २ सय ३८ जनाको स्वाब संकलन गरिएको छ । फुङलिङ नगरपालिकाबाट संकलन गरिएको १ सय ३५ जनाको स्वाब भने परीक्षणका लागि पठाउने तयारी गरिएको छ । यसअघि पठाइएको १ सय २ जनाको स्वाबको परीक्षण रिर्पोट यो समाचार तयार पार्दा सम्म आएको छैन । आइतवार फुङ्लिङ नगरपालिकाको संयोजनमा १ सय ३५ जनाको स्वाब संकलन गरिएको नगरपालिकाकी स्वास्थ्य संयोजक मञ्जु गुरुङले जानकारी दिनुभयो । यसअघि आठराइ त्रिबेणी गाउँपालिकाले ४८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले जानकारी दिनुभभयो । मेरिङ्देन गाउँपालिकाले ५५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले जानकारी दिनुभयो । यसअघि ताप्लेजुङको फुङ्लिङबाटै संकलन गरी पठाइएको १ सय २ जनाको स्वाबको परीक्षण रिर्पोट यो समाचार तयार पार्दा सम्म प्राप्त नभएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts