|

ताप्लेजुङ जिल्ला समन्वय समितिले डिङ्जी काउन्टी सरकारसँग माग्यो कोरोना नियन्त्रण सामग्री

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२५ बैशाख । कोभिड–१९ को संक्रममण बढ्दै गएपछि जिल्ला समन्वय समिति ताप्लेजुङले तिब्बतको डिङ्जी काउन्टी सरकारसँग कोरोना नियन्त्रणका सामग्री माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । डिङ्जी काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २० हजार थान, एन्टीजेन टेस्ट किट ५ हजार थान, शव व्यवस्थापनका लागि प्रयोग हुने झोला ५ सय थान,एन–९५ मास्क १ हजार थान, पीपीई सेट २ हजार थान, थर्मल गन २ सय थान, भिटीएम भाइल ५ हजार थान,अक्सिजन सिलिन्डर १ सय थान,अक्सिजन कन्सीन्ट्रयार १० थान,ग्लोब्लप्स् १० हजार दर्जन र पल्स अक्सीमिटर ५० थान सहयोग माग गरिएको जिल्ला समन्वय समितिले पठाएको पत्रमा उल्लेख गरिएको छ । दैनिक रुपमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो । फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत मामलाका जानकार छेतेन वालुङमार्फत मागपत्र पठाइएको समेत मादेनले बताउनुभयो । तिब्बतको डिङ्जी काउन्टीसरकारले ताप्लेजुङका लागि अघिल्लो बर्ष पनि कोरोना बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts