दुर्गम देखि सुगम जिल्लाका कोरोना संक्रमित बिरामीको रोजाइँमा पर्दै झापाको बिएण्डसी अस्पताल,हवाइ बेड लिफ्ट गरी बिएण्डसी ल्याइन थालियो बिरामी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, बैशाख २५ । १९ बैशाख २०७८ को दिन बिहान साढे ९ बजे तिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ का ३२ बर्षिय प्रेम हाङ्गामलाइ श्वास प्रश्वासको समस्याले अत्यधिक समस्यामा पा¥यो । उहाँलाइ हतार–हतार ताप्लेजुङ अस्पताल पु¥याउँदा अक्सिजनको मात्रा ३५ मा झरेको पाएपछि चिकित्सले थप तर शीघ्र उपचारको खाँचो महशुष गर्दै सुबिधा सम्पन्न अस्पताल लैजना सुझाए । काठमाडौ लैजान हेलिकोप्टरको प्रवन्ध गर्ने योजना बनेपनि त्यहाँ अक्सिजन सहितको उपचार प्रवन्ध नहुने भएपछि बिकल्पमा झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल रोजियो । स्थानीय होटल व्यवसायी सुरेश लिम्बूले चिनजानका आधारमा प्रेमका लागि बिएण्डसीमा उपचार प्रवन्धको सुनिश्चित गर्नुभयो । हाङगामलाइ उपचारका लागि झापातर्फ त लगियो तर,दुर्भाग्य उनले बाटैमा देहत्याग गरे । हाङ्गामको कोरोना परीक्षण नभएपनि उहाँमा देखिएको रोगको लक्षण कोभिड–१९ संग मिल्दोजुल्दो थियो । उहाँको मृत्युपछि श्रीमतिसहित उहाँका परिवारका अधिकाँस सदस्यको पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएपछि उहाँमा समेत कोरोना संक्रमण थियो भन्ने लगभग पुष्टी भएको छ । अक्सिजन र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिएण्डसीलाइ रोज्ने हाङ्गाम एक उदाहरण मात्र हुनुहुन्छ । फुङ्लिङ नगरपालिका वडा नं ६ का शिवकुमार गुरुङलाइ पनि उपचारका लागि बिएण्डसी अस्पताल नै लगिएको थियो । गुरुङको पनि उपचारका क्रममा मृत्यु त भयो । तर,अक्सिजन सहितको उपचार सेवा पाउनका लागि भने बिरामीले अहिले बिएण्डसी अस्पताल रोजीरहेका छन् । अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार अहिले बिएण्डसीमा हवाइ बेड लिफ्ट गरी काठमाण्डौ सहितका बिभिन्न सुगम जिल्लाबाट पनि उपचारका लागि ल्याउने गरिएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारार्थ भर्ना भएका पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा भर्ना भएका हरि पौडेललाइ हवाइ बेड लिफ्ट गरी बिएण्डसी अस्पतालमा भर्ना गरी उपचार भइरहेको गिरीले जानकारी दिनुभयो । गत १५ र २० बैशाखमा काठमाण्डौस्थित मनमोहन र ह्याम्स अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीलाइ समेत थप उपचारका लागि हवाइ बेड लिफ्ट गरी बिएण्डसी अस्पताल ल्याइ उपचारका लागि भर्ना गरिएको गिरीले बताउनुभयो । बिएण्डसी अस्पतालमा कार्यरत डाक्टर निराजन प्रसाँइका अनुसार भेन्लिटेर सहितको आइसियु सेवा नपाएका बिरामीलाइ काठमाण्डौ,भैरहवा,दाङ,पर्सा सहितका बिभिन्न सुगम क्षेत्रका अस्पतालबाट उपचारका लागि बिएण्डसी अस्पताल ल्याइने गरेको छ । अस्पतालले कोभिड संक्रमित र अन्य बिरामीलाइ उपचार गर्न अलग–अलग भेन्टिलेटर सहित आइसियु कक्षको ब्लग सञ्चालनमा ल्याएको समेत प्रसाँइले जानकारी दिनुभयो । कोभिडका बिरामीलाइ क्रिटिकल केयर र एनेस्थेसियाका बरिष्ठ चिकित्सक राजु श्रेष्ठ,फिजिसियनद्धय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतको टिमले उपचार सेवा प्रदान गर्ने बिएण्डसीले जनाएको छ । प्रस्तावित बिएण्डसी कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाँइले उपचारको गम्भिर समस्या व्यहोरीरहेका कोरोना संक्रमित अन्तिम अवस्थामा पनि आएर पनि ज्यान बचाउन सफल भएको दावी गर्नुभयो । ‘एकाध मान्छे अन्तिम अवस्थामा भइ सकेपछि मात्र उपचारको पहुँचमा ल्याउने गलत प्रवृतिका कारण बचाउन कठिन हुने बाहेक भेन्लिटेर सहितको आइसियु सेवाको अभावमा अहिले सम्म मान्छेले ज्यान गुमाउनु परेको छैन’प्रसाँइले भन्नुभयो । पुर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी गरी अहिले ९ सय शैया रहेको छ । यि दुबै अस्पतालको नेतृत्वकर्ता बिएण्डसी नै हो । अस्पतालमा अहिले दैनिक १ हजार ३ सय भन्दा बढी बिरामीले अन्तरंग तथा बहिरंग सेवा,३० देखि ४० जनाको जटिल प्रकृतिको शल्यकृया र ६० देखि ७० को संख्याका बिरामीले सिटी स्क्यान तथा ४० भन्दा बढीको दैनिक एमआरआइ सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts