प्रदेश १ का आर्थिक मामिला मन्त्रीले ताप्लेजुङका लागि पठाए स्वास्थ्य सामग्री सहित नगद, पीसीआर परीक्षण मेसिन समेतको खोजी हुँदै

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २३ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले नगद १५ लाख रुपैंया सहित १० शैया र पीपीइ लगायतका सामग्री ताप्लेजुङका लागि पठाउनु भएको छ । ताप्लेजुङ सहित प्रदेश १ का हिमाली जिल्लाहरुका लागि पीसीआर परीक्षण मेसिन समेतको खोजी भइरहेको आङ्बुहाङका स्वकीय सचिव नारद गुरागाँइले जानकारी दिनुभयो । गुरागाँइका अनुसार मन्त्री आङ्बुहाङले कोरोना रोग रोकथाम तथा न्यूनीकरणका लागि तत्कालका लागि १५ लाख रुपैंया पठाउनु भएको छ । १५ लाख रुपैंया भने प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत पठाइएको समेत गुरागााइले जानकारी दिनुभयो ।

स्टेन,टुल बक्स लगायत १० थान शैया(बेड) समेत मन्त्री आङ्बुहाङले ताप्लेजुङका लागि पठाउनु भएको छ । यो संगै २ सय थान पीपीइ सेट,३ सय थान स्वाब संकलन गर्ने किटबक्स,४५ थान थर्मलगन र मास्क र स्यानीटाइजर सहितका सामग्री ताप्लेजुङका लागि पठाइ सकिएको र शुक्रवार बिहान ति सबै सामग्री फुङ्लिङ आइ पुग्ने मन्त्री आङ्बुहाङका प्रमुख स्वकीय सचिव कुमार भुजेलले जानकारी दिनुभयो । यि सबै सामग्री जिल्ला अस्पताललाइ बुझाइने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts