| |

काँकडभिट्टाका गुरुङले पाथीभरामा चढाए एकलाख

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २२ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा झापा मेचीनगरका गुरुङ परिवारले एक लाख रुपियाँ बढी रकम चढाएका छन् । मेचीनगर नगरपालिका–६ काकडभिट्टाका इन्द्रबहादुर गुरुङको परिवारले पाथीभरामा एक लाख २५ रुपियाँ चढाएका हुन् ।
गुरुङ परिवारले पाथीभरा वृहत क्षेत्र विकास कोषमा जम्मा हुनेगरी सो रकम चढाएको जनाएका छन् । गरुङकी श्रीमती भीमा गुरुङ, छोरा यमराज गुरुङ, बुहारी शोभा गुरुङ, छोरीज्वईं विमला र योगेश गरुङ, नातिहरु निर्जल र निश्चल गुरुङको नाममा नगद चढाएको इन्द्रबहादुरले जानकारी दिनुभयो ।
माता पाथीभराले सारा मनोकांक्षा र उद्देश्य पूरा गरिदिने विश्वास राख्दै देवीको दर्शन गरेको र नगदसमेत चढाएको गुरुङ परिवारको भनाइ छ । यता उहाँहरुले अर्पण गर्नुभएको अर्थात चढाउनुभएको नगद पाथीभरा भेटीपाती व्यवस्थापन समितिले सङ्कलन गरेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts