सिरिजङ्घाका प्रत्येक वडामा तोकिए स्वास्थ्यकर्मी ‘फोकल पर्सन’
ताप्लेजुङ,२२ बैशाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण देखिएमा अविलम्ब सम्पर्क गर्नका लागि वडागत रुपमा स्वास्थ्यकर्मीहरुलाइ ‘फोकल पर्सन’तोकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार फोकल पर्सन तोकिएका स्वास्थ्यकर्मीले सम्वन्धित वडाको टोल विकास संस्थाका अध्यक्षहरुमार्फत दिनहँु सम्पर्क गरी त्यस क्षेत्रको स्वास्थ्य अवस्थाको बिबरण पालिकाका मेडिकल अधिकृत डाक्टर भुवन सुबेदीलाइ बुझाउनुपर्ने छ । ८ वटा वडा रहेको सिरिजङ्घा गाउँपालिकामा प्रत्येकमा हेल्थ असिष्टेन्ट÷अहेव मध्ये एक र एकजना अनमी गरी प्रत्येक वडामा २ जनाका दरले स्वास्थ्यकर्मी खटाइएको छ । कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण देखिएमा स्थानीय बासिन्दाले समेत सम्वन्धित वडाका तोकिएका स्वास्थ्यकर्मीलाइ जानकारी गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।