| | |

फुङ्लिङ बजारका व्यवसायी आफैँले बजार बन्द गर्न थाले

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १९ ।
ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि सदरमुकाम फुङ्लिङ बजारका व्यवसायी आफैँले बजार बन्द गर्न थालेका छन् । सङ्क्रमणको जोखिम नियन्त्रण गर्नमा सघाउ पुर्याउन साथै स्वास्थ्यभन्दा ठूलो केही नहुनेभन्दै स्थानीय व्यापारी/व्यवसायीले स्वतःस्फूर्त रुपमा आफ्नो पसलहरु बन्द गर्न थालेको हुन् ।
आइतबार बिहान खुलेका बजार पसल अपराह्नपछि व्यवसायी आफैँले बन्द गरेका छन् । अपराह्नपछि फुङ्लिङका अधिकांश बजार पसल बन्द भएका छन् । कोरोना सङ्क्रमणको जोखिम तीब्र रुपमा बढ्न थालेपछि बजार पसल बन्द गराएको व्यवसायीको भनाइ छ । तीब्र रुपमा फैलिँदै गएको सङ्क्रमण नियन्त्रणको उपायस्वरुप बजार पसल बन्द गरेको फुङ्लिङ बजारका एक व्यवसायीले बताउनुभयो । बजार पसलसँगै अब यातायात पनि बन्द गर्नुपर्ने बजारबासीले बताउँदै आएका छन् ।
यता सोमबारदेखि भने औपचारिक रुपमै फुङ्लिङ बजार बन्द हुने भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघको आइतबार बिहान बसेको बैठकले फुङ्लिङबजार सोमबारदेखि एक सातासम्मलाई बन्द गर्ने निर्णय गरेको हो । हाल महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम जिल्लामासमेत बढ्दै गएपछि कम्तिमा एक हप्ताका लागि फुङ्लिङबजार बन्द गर्ने निर्णय गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार फुङ्लिङबजार बन्दको समयमा कुनै पसल व्यवसाय खुल्ने छैनन् भने बाणिज्य सङ्घले गरेको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न पनि सबै व्यापारी तथा व्यवसायीलाई आग्रह गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता पछिल्लो आठ दिनको अवधिमा ताप्लेजुङमा दुईजना पुरुष र एक महिला गरी सङ्क्रमणकै तीन जनाको कारण मृत्यु भइसकेको छ । अहिले जिल्लामा २० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts