सोमबारबाट फुङ्लिङका बजार पसल ७ दिन बन्द हुने

ताप्लेजुङ,१९ बैशाख । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि ताप्लेजुङका उद्योगी व्यवसायीले सोमवारबाट ७ दिनका लागि फुङ्लिङ बजार बन्द गर्ने निश्र्षक निकालेका छन् । आइतवार बिहान बसेको ताप्लेजुङ उद्योग बाणिज्य संघको बैठकले तत्कालका लागि सोमवारबाट ७ दिन सम्म बजार पसल बन्द गर्ने निश्कर्ष निकालेको ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिनुभयो । कोरोनाको दोस्रो भेरिएन्ट सुरुयता ताप्लेजुङमा २ पुरुष र १ महिला गरी कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।