|

ताप्लेजुङ सहित प्रदेश १ का सबै स्थानीय तहमा तोकिए स्काउटका संयोजकहरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी

ताप्लेजुङ,१८ बैशाख । ताप्लेजुङ सहित प्रदेश १ भरीका सबै स्थानीय तहमा नेपाल स्काउट तर्दथ समितिका संयोजकहरु तोकिएका छन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले प्रदेश १ भरीका सबै स्थानीय तहमा नेपाल स्काउट तर्दथ समितिका संयोजकहरु तोकिएको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । । नेपाल स्काउट अन्र्तगत ताप्लेजुङमा ९ स्थानीय तहमा क्रमशःसिरिजङ्घामा योगेन्द्र दाहाल,सिदिङ्वामा इन्द्रप्रसाद चापागाँइ,याङ्वरमा दुर्गा थेबे,फक्ताङ्लुङमा राम तामाङ,मेरिङ्देनमा प्रेम हाङ्गाम,मैवाखोलामा चित्र लिम्बू,आठराइ त्रिबेणीमा नरेन्द्र अधिकारी,मिक्वाखोलामा मोहनचन्द्र साँवा र फुङ्लिङमा भीम पन्दाक तोकिनु भएको छ । उहाँका अनुसार २०६८ साल यता बनेका सम्पूर्ण स्थानीय परिषद् तथा स्थानीय कार्य समितिहरु प्रचलित नेपाल स्काउट ऐन २०५०(केहि नेपाल ऐन शंसोधन२०७५।११।१९) तथा नेपाल स्काउट नियामावली २०७७ मा भएको व्यवस्था अनुसार नेपाल स्काउट राष्ट्रिय तर्दथ समितिको निर्णयले खारेज गरिएको छ । सार्थ तत्–तत् समितिका बिभिन्न जिम्मेवारीमा रही काम गर्दै आएका स्काउटरहरु प्रति नेपाल स्काउटले अभार व्यक्त गर्दै अब उप्रान्त उल्लेखित निकायहरुले गर्दै आएका सम्पूर्ण कार्य र भोगचलन गरिरहेका सम्पूर्ण चल अचल सम्पतिहरु सम्वन्धित स्थानीय स्काउटमा जाने गरी प्रदेश १ भरीका सबै स्थानीय तहमा नेपाल स्काउट तर्दथ समिति गठन गरिएको नेपाल स्काउटले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts